नेपाली साहित्य ब्लग सम

आदरणिय साहित्यिक अनुरागिहरु साहित्यिक अभिवादन नेपाली साहित्य ब्लग सम विश्वमा छरिएर रहेका नेपाली साहित्यकारहरुको जम्घट गराउने लक्ष्य लिएर सञ्चालन गरिएको हो । यसलाई अघी बढाउनकोलागि जिम्मा तपाईहरुकै काधँमा छोडिएको छ । नेपाली साहित्य ब्लग समलाई आवश्यक पर्ने सामाग्रीहरु यस ठेगानामा उपलब्ध गर्राई यस नेपाली साहित्य ब्लग समको चौतारीमा जमघट हुनुहुन हार्दिक अनुरोध गर्दछ । नेपाली साहित्य ब्लग सम् परिवार , म्याग्दी साहित्य समाजको पुनर्गठन, राजुका २५ सय गीतको राज अनि रहस्य "जन्मसिद्ध आवाज", के तपाई सुनौलो अक्षरमा चौतार डायरीमा नाम लेखाउनु चाहनुहुन्छ, सुकेको फुल, पाँचथर प्रवासी सर्म्पर्क मञ्चको गठन तथा रोचक सामाग्री हरुको लागि www.chautari.8m.net मा लग अन गर्नुहोस् ।

January 8, 2006

गजल

Filed under: कथा, गजल

उजाड यो मरुभुमी बीच, मिले पछि तन हजुर
बिनार् इमेल बिना फोन, किन मान्थ्यो मन हजुर ।
मिल्ने भए भेट्थ्यौं होला, रम्दै हामी गोठालोमा
बालुवाको रास माथि, कहाँ पाउनु वन हजुर ।
तिज-तिहार द्यौसी-भैलो, रोदीघरको लोकभाका,
कैले फेरि सुन्न पाउनु, पैजनी छन्-छन् हजुर ।
मुटू जल्न शुरु गर्छ, जती जती साँझ ढल्छ,
एकनासले बढ्दै जान्छ, याद झन्-झन् हजुर ।
भन्नेले ठीकै भन्थे, ‘हातको मैला सुनको थैला’
गाउँ-बेसीको माया जस्तो हुन्न रैछ धन हजुर ।
तपाईको दिन शुभ रहोस्…………..र्.र्.इति श्री………….
विनीत
साउदी अरब

January 4, 2006

प्रहरी र राष्ट्रिय गीत

Filed under: कथा

प्रहरी र राष्ट्रिय गीत म्याडिसन स्क्वायरको एउटा सीटमा बसिरहेको सोपी अलि अस्थिर देखिए । वातावरणमा हिउ“दको आगमनका प्रशस्त संकेत देखिन्थ्यो । जाडोमा न्यानो कोट पाउने आशामा महिला पनि पतिलाई रिझाउन व्यस्त हुने गर्छन् । पार्कको सीटमा मनमा कुरा खेलाउ“दै सोपी अधीर हुन थाल्यो । एउटा सुकेको पात सोपीको खुटामा झर्‍यो । त्यो हिउ“दको आगमनको सूचना थियो । म्याडिसन स्क्वायरका बासिन्दालाई जाडोबाट जोगिन थुप्रै तयारी गर्नु थियो । दा“त कट्कटाउने जाडो सम्झेर सोपीको जीउ नै सिरिङ्ग भयो । जाडो छल्न उसले जसरी भए पनि एउटा जुक्ति निकाल्नु थियो । लामो र खर्चिलो यात्रामा निस्कने कुनै योजना थिएन । न्यानो दक्षिणी भूभाग
वा नेपल्सको खाडीमा पुग्ने पनि उसको हैसियत थिएन । जाडोका तीन महिना ब्ल्याकवेल टापुको झयालखानामा बिताउने उसले सजिलो योजना बन्यो । त्यो ठाउ“मा दर्ुइ छाक, न्यानो ओच्छ्यानसहित सामाजिक सुरक्षा ढुक्कै पाउन सकिन्थ्यो । प्रहरीको झमेला पनि नहुने । सोपीको जीवनमा ठूलो महत्त्वाकांक्षा पनि थिएन । भरपेट खान र न्यानोस“ग सुत्न पाउनु नै एक मात्र चाहना थियो । वर्षौंदेखि उसले ब्ल्याकवेलको जेलमा गएर जाडो छल्दै आएको थियो । न्यूयोर्कका धनीहरू जाडो छल्न हरेक वर्षसो फ्लोरिडादेखि भूमध्यसागरका तटसम्म पुग्छन् । सोपीको भने जेलसम्म पुग्ने सानो योजना थियो । राति पार्कमा तीन-तीन वटा मोटो अखबारले जीउ छोप्दा पनि जीउ तताउन सकेन । हरसमय उसको दिमागमा टापुको जेल घुमिर˜यो ।
वास्तवमा म्याडिसन स्क्वायरमै पनि घरदैलो चहार्दै उसले मागेर खान सक्थ्यो । एक रात बिताउन न्यानो ओच्छ्यान माग्न सक्थ्यो । तर उसका लागि योभन्दा बेस त्यही टापु थियो । ऊ आत्मस्वाभिमानी छ । यसरी माग्दै जीवन गुजार्दा थुप्रै सम्झौता गर्नुपर्ने र हुने-नहुने सबै कुरा सहनुपर्ने बाध्यता उसलाई राम्ररी थाहा छ । तिनीहरूले सुत्न दिंदा पैसा त पक्कै माग्दैनन् । तर तिनीहरूले उसलाई र्सवांग स्नान गर्न भने बाध्य पार्नेछन् । तिनीहरूले व्यक्तिगत जीवनबारे कोट्याएर सोधखोज गर्नेछन् । अह“ उ योभन्दा त बरु जेल नै जाती । जेलमा पनि केही नियम-कानुन मान्नर्ुपर्छ । तर आफ्नो मौलिकता र अस्तित्त्वमा कुनै कमी आउने छैन ।
सोपीले टापुको जेल पुग्ने उपायबारे सोच्न थाल्यो । सबैभन्दा राम्रो उपाय भनेको कुनै दामी रेष्टुरा“मा गएर टन्न खानपिन गरेपछि पैसा छैन भनी उम्कनु खोज्ने हो । त्यसपछि त रेष्टुरा“ मालिकले बोलाएको प्रहरीले सरासर जेल पुर्‍याइहाल्छ ।
सोपी सीटबाट जुरुक्क उठेर ब्रोडवे र फिफ्थ एभेन्यु जोड्ने मार्गतर्फबढ््योे । उत्तरपट्ट िलम्क“दै ऊ झिलीमिली बत्ती बालिएको एउटा भव्य रेष्टुरा“छेउ रोकियो । रेष्टुरा“मा हरेकसा“झ शानदार खाना खान ठूलाबडा निकै ठा“टिएर पुग्थे ।
सोपीले आफ्नो शरीरमा यसो नियाल्यो । खुट्टाभन्दा माथिको उसको लम्बाइ ठीकठाकै देखिन्थ्यो । उसका अनुहार र कोट सफा नै थिए । रेष्टुरा“को टेबुलसम्म पुगेर बस्न सकिएको खण्डमा योजना सफल हुन सक्थ्यो । टेबुलमाथिको उसको रुप कुनै धनीमानीको भन्दा कम थिएन । वेटरले मागेको ल्याइदिने कुरामा शंकै थिएन ।
रेष्टुरा“तर्फपाइला बढाउ“दै उसले के-के खानुपर्ला भनी सोच्न थाल्यो । दिमागमा एकपछि अर्को सबै खाना नाच्न थाले । उसले धेरै मह“गो खाएर रेष्टुरा“ साहूलाई आपतै नपार्ने निधो गर्‍यो । उसलाई त जसरी पनि जेल जाने निहु“ चाहिएको थियो । तर दर्ुभाग्य, रेष्टुरा“भित्र पाइला टेकेकै बेला त्यहा“को हेडवेटरले उसको फाटेको जुत्ता र च्यातिएको प्यान्ट देखिहाल्यो । बलियो पञ्जाले च्याप्प समातेर उसले सोपीलाई बाहिर धपायो । दिक्क भएर ब्रोडवेतर्फपाइला बढाउ“दै उसले नया“ उपाय सोच्न थाल्यो ।
सिक्स्थ एभेन्युको कुनाको एउटा पसलको फराकिलो सीसाको शोकेसमा झिलीमिली बत्ती बलिरहेको थियो । उसले एउटा ढुंगो टिपेर सीसा झर्‍यामझुरुम हुने गरी हिर्कायो । मान्छेहरू आवाज आएतर्फदौडे । भीडको नेतृत्त्व एक प्रहरीले गरिरहेको थियो । सोपी नभागीकन उभिर˜यो र प्रहरीलाई देखेर मुसुक्क हा“स्यो ।
प्रहरी ः खै, त्यो ढुंगो हान्ने फटाहा कहा“ भाग्यो -
सोपी ः के ढुंगो हान्ने मान्छे म हुन सक्दिन“ -
आफ्नो योजना सफल हुने ठानेर उसको मुहार उज्यालो देखियो । तर प्रहरीले उसको कुरोलाई वास्तै नगरी भन्यो- ँढुंगो हान्ने मान्छे त सुइ“कुच्चा ठोकिहाल्छन् नि उ’ सडकमा दौड“दै गरेको एक मान्छे देखेपछि प्रहरी ऊ उसकै पछि दौडियो ।
दोस्रो प्रयास पनि त्यसै तुहिएको देखेर सोपी हतास भएर त्यहा“बाट गह्रु“गो पाइला चाल्यो । उसले सडकको पल्लोपट्ट िएउटा रेष्टुरा“ देख्यो । त्यो ब्रोडवेको जस्तो गतिलो थिएन । निम्न र मध्यमस्तरका ग्राहकहरू मात्र त्यहा“ जान्थे । खाना पनि स्तरीय थिएन । यसैले फाटेको जुत्ता र झुत्रो लुगा लगाएको सोपीलाई कसैले रोकतोक गरेन । उसले त्यहा“ टन्न खाना खाएपछि आफूस“ग पैसा छैन भनी निहु“ खोज्न थाल्यो ।
सोपी ः जानुस्, जानुस्, छिटो प्रहरी बोलाउनुस् ।
एक वेटरले ज“गिंदै भन्यो- ँत“ जस्तोलाई प्रहरी हैन उ बरु यसो गरिन्छ ।’ अर्को वेटरको सहयोगमा सोपीलाई कान समाउ“दै बोकेर पर सडकमा फालियो । ऊ भुइ“बाट विस्तारै उठ्यो, शरीरमा लागेको धूलो टक्टकायो । सोपीलाई टापुको झयालखाना झन्झनै टाढा लाग्न थाल्यो । नजिकै उभिरहेको एक प्रहरी उसलाई हेरेर फिस्स हा“स्दै अघि बढयो । हिंड्दै जा“दा सोपी लस्करै चलचित्र भवन भएको ठाउ“मा पुग्यो । बाटामा झिलीमिली बत्ती बलिरहेका थिए । चहलपहल पनि आकर्ष थियो । न्याना र मह“गा लुगा लगाएका प्रफुल्ल धनी युवायुवतीहरू ओहोरदोहोर गरिरहेका थिए । अहिलेसम्म जस्तोसुकै नाटक गर्दा पनि प्रहरीको फन्दामा नपरेकोमा ऊ निकै चिन्तित थियो । एउटा भव्य थिएटरअगाडि उभिरहेको प्रहरी देखेपछि उसको दिमागमा एउटा जुक्ति फुर्‍यो ।
ज“ड्याहाको अभिनय गर्दै ऊ लडीबुडी गरी चिच्याउन थाल्यो । यो देखेर हा“स्दै त्यो प्रहरीले नजिकै उभिरहेका एक व्यक्तिलाई भन्यो- ँअचेलका कलेजका ठिटाहरू यस्तै हुन् । यिनीहरूले खासै केही नाप्दैनन् । यिनीहरूलाई चिच्याउन दिने माथिबाटै आदेश छ ।’
प्रहरीको कुरो सुनेर सोपी अवाक् भयो । उसलाई जेल र्स्वर्गभन्दा टाढा भएको महसुस भयो । चिसो हावा चल्न थालेकाले उसले आफ्नो पातलो कोट राम्ररी मिलाउन थाल्यो । पल्लो पेटीमा एक जना अपरिचित व्यक्ति अखबार किन्न खोज्दै थियो । उसले छेउमा आफ्नो छाता राखेको रहेछ । सोपी सरासर गएर उसको छाता टिपी आफ्नो बाटो लाग्यो । त्यो मान्छेले हतारिंदै सोपीलाई पछ्यायो ।
ँए उ भाइ त्यो मेरो छाता ।’
ँए हो र उ जानुस् प्रहरीलाई बोलाउनुस् ।’
ँमैले तपाईंको छाता चोरें । अब ऊ त्यहा“ उभिरहेको प्रहरीलाई बोलाउनुस् ।’
त्यो व्यक्ति विस्तारै अघि बढयो । सोपी उसको पछि लाग्यो । तर यसपालि पनि काम ब्रि्रलाजस्तो उसलाई लागिसकेको थियो ।
प्रहरीले दुवैलाई क्वार्क्वार्ती हेर्‍यो ।
अक्मकाउ“दै छातावालाले भन्यो- ँहर्ेर्नुस् अ“… कहिलेकाहीं यस्तो हुन्छ । मलाई माफ गर्नुस् । त्यो छाता तपाईंको होला भन्ने थाहा थिएन । आज बिहान त्यो छाता एउटा रेष्टुरा“मा भेट्टाएको थिए“ । तपाईं त्यसलाई आफ्नो भन्नुहुन्छ भने पक्कै तपाईंकै होला ।’
सोपी -रिसले ज“गिंदै)- ँहो… यो मेरै हो ।’
छातावाला हतारिएर आफ्नो बाटो लाग्यो । बाटोमा एक प्रहरीले एक बुढीलाई समाएर बाटो काट्न मद्दत पुर्‍याइरहेको थियो ।
रिसले सोपीले छातालाई पर हुत्यायो । ऊ आफैंस“ग फत्फताउन थाल्यो- ँप्रहरीहरू कस्ता हुन्छन् भन्ने सोचेथें, कस्ता पो निस्के । म त कुनै गल्ती नगर्ने राजाजस्तो पो भए“ ।’
एकसुरमा हिंड्दै सोपी शहरको सुनसान सडकमा आइपुग्यो । ऊ बाटो काटेर दक्षिणतर्फो मेडिसिन स्क्वायरतर्फलाग्यो । ऊ घर फर्किंदै थियो । वास्तवमा उसको घर भनेको पार्कको त्यही खाली सीट थियो । ऊ सडकको सुनसान मोडमा टक्क अडियो । त्यहा“ एउटा पुरानो गिर्जाघर बूढो मान्छेजस्तै उभिरहेको थियो । गिर्जाघरको झयालबाट रंगीन सीसाबाट हल्का प्रकाश फैलिरहेको थियो । त्यहा“बाट गुञ्जिएको मीठो संगीतले उसको ध्यान तान्नियो । शिरमाथि आकाशको चन्द्र पनि उज्यालो र शान्त देखिन्थ्यो । बाटामा आक्कलझुक्कल एक-दर्ुइ जना मान्छेको ओहोरदोहोर भइरहेको थियो । उसले पर पन्छीहरू फट्फटाउ“दै उडेको सुन्यो । गिर्जाघरमा लामो समयदेखि सुन्दै आएको राष्ट्रिय गीतको धुन बजिरहेको थियो ।
ऊ एकैछिन उक्त धुनस“गै आफ्नो विगतमा फक्र्यो । कुनै समय सोपीका पनि आमा, साथीभाइ, जीवनको उमंग र आशा, सफा लुगा र विचार थियो । सोपीको त्यही विगतमा र्फकने धोको थियो । उसलाई आफू सही समयमा गिर्जाघरछेउ आइपुगेको महसुस भयो ।
गीतको धुनले उसको आत्मा धुने र शुद्ध बनाउने काम गरिरहेको थियो । उसलाई आफू जीवनमा साह्रै नराम्ररी पतीत भइसकेको अनि निराशा र लाचारीपनले नराम्ररी गा“जेको पुनः महसुस भयो । यद्यपि उसले मनलाई दह्रो बनाउ“दै पुनः संर्घष्ा गरी आदर्श जीवन जिउने प्रण गर्‍यो । आफूलाई दलदलबाट निकालेर एक सफल मान्छे बनाउने निधो गर्‍यो ।
ऊ आफूलाई अझै तन्नेरी ठान्थ्यो । जीवनको उद्देश्य भेट्ने समय अझै बा“की थियो । सा“च्चै, अद्भूत त्यो धुनले सोपीलाई तुरुन्तै परिवर्तन गर्‍यो । उसले माग्ने काम छाडेर भोलिदेखि काम खोज्ने विचार गर्‍यो । कुनै बेला एक जना मान्छेले ऊस“ग कामका लागि प्रस्ताव राखेको थियो । उसले भोलि त्यो मान्छे खोज्ने विचार गर्‍यो ।
यत्ति नै बेला सोपीको का“धमा एउटा बलियो हातको पञ्जा महसुस भयो । फर्केर हर्ेदा उसले आफ्नो सामु एक जना प्रहरी उभिरहेको देख्यो ।
प्रहरी ः यहा“ एक्लै के गरिरहेको -
सोपी ः खासै केही हैन । त्यसै ।
प्रहरी ः के त्रि्रो कुरा मैले पत्याउ“ला भनी ठानेको -
यो देखेर सोपीलाई झनक्क रिस उठ्यो र प्रहरीस“ग डटेरै प्रतिवाद गर्ने विचार गर्‍यो । तर न्यूयोर्कको प्रहरीलाई चलाउनु भनेको मर्ूखता सिवाय केही नभएको भन्ने उसलाई राम्ररी थाहा थियो ।
ँल खुरुक्क हिंड’ -प्रहरीले उसलाई गिररुतार गर्‍यो ।
भोलिपल्ट बिहान अदालतका न्यायाधीशले सोपीलाई ब्ल्याकवेल टापुको जेलमा तीन महिना थुन्ने सजाय सुनाए ।
-ओ हेनरी

January 3, 2006

विधुवाको जिन्दगी

Filed under: कथा

छोरीको जात धेरै पढेर पनि केहि हुँदैन । छिट्टै घर जम गरिदिनु पर्दछ । हाम्रो समाजमा छोरी भनेपछि ज्यादै हेला गरिन्छ । म पनि हाम्रो यो समाजबाट बिचलिन हुन सकिन । मेरो पर्ढाई देखेर सरहरु सबै दङ्ग पर्नुहुन्थ्यो तर घर परिवारमा छोरीलाई धेरै पढाउनु हुँदैन भनेर किच किच हुन्थ्यो बल्ल बल्ल मेरो जिद्दिले एस. एल सी फस्ट डिभिजनमा पास गरे । घरमा भाइ बहिनीहरु साना भएको हुनाले सबै काम आफैले गर्नु पर्दथ्यो । पर्ढाई सकेपछि म धेरै जसो मेला पातमा हिड्न थाले । विस्तारै मेरो उमेरले २० लाई छुदै थियो । समय वितेको थाहा नै पाईएन बुवा आमाले अब त जसरी भएपनि विवाह गरिदिनु पर्दछ भन्नु भयो । मेरो मन त मानेको थिएन तर पनि घर कुलानको इज्जत राख्न भएपनि म विवाह बन्धनमा बाधिन करै लाग्यो । र् भर्खरै बनबाट दाउरा लिएर आएको थिए पसिना पसिना भएको शरिरलाई एउटा थोत्रो टालोले पुछ्दै पिढीमा थचक्क बसे । भित्र कोठामा कुनै अपरिचित २ जना ब्यक्तिलाई देखे उहाँहरु किन आउनु भएको हो थाहा भएन म सरासर गएर गाग्रीबाट चिसो कुवाको पानी सारेर बाहिर आएर कक्कल्याक, कक्कल्याक गरी १ अमखरा पानी सके र भित्र गएर आमालाई सोधे आमा उहाँहरु को हो मैले चिन्न सकिन । आमाको जवाफ थियो छोरी उहाँहरु तिमीलाई हर्ेन आएका रे बट्टारबाट २ भाई छोरामा जेठा छोरा प्रहरीमा रहेछन् कान्छा छोरा नेपाल आर्मि रहेछन् आमा म अहिले तत्काल बिवाह गर्दिन मेरो मनै छैन बिवाह गर्ने । हैन छोरी त्रि्रो बिवाह गरिदिएपो अरुको पालो आउछ । अब त उमेर पनि भयो । आमा बुवाको करकापमा परेपछि मैले ढिप्पी गर्न सकिन र १ महिना भित्रमानै मेरो बिवाह हुने कुरा छिनियो । गाँउघरमा सबैले मलाई अति मायाँ गर्दथे मलाई यो गाउँ छोडेर जान मन लागेको थिएन तर हामी छोरीको जात कति फरक हुँदो रहेछ म मात्र हैन सबै चेलीबेटीहरु यसरी म जसरीनै नयाँ ठाउँमा जान्छन् ।

समय बितेको थाहानै पाईन कत्ति चाडो आईपुगेछ सिन्दुर, चुरा पोते लगाउने दिन । सबै साथीसँगीहरुलाई छोडेर जाँदा मलाई अति नरमाईलो लाग्यो तर पनि मन भित्र गाँठो पारेर मेरा आँसुलाई त्यति बाहिर आउन दिईन । सबैसँग विदा वादी भएर म आफ्नो नयाँ ठाउँमा अपरिचित समाजमा परिचित हुन र नयाँ परिवारमा घुलमेल हुनको लागि गए । नयाँ घरमा सबै जना मेरो प्रतिक्षामा थिए कति बेला आउँछिन नयाँ दुलही भनेर सबैजनाले हामीहरु आउने बाटो तिरनै आँखा लगाईरहेका रहेछन् । यसरी पहिलो पटक म सबैको आँखाको नानि बन्न पुगे मलाई अचम्म लाग्यो म आज कति महत्वपर्ूण्ा भईछु भनेर । बिवाहको सम्पर्ूण्ा कार्यहरु सकिएपछि श्रीमान र म दुरन फर्काउनको लागि माईत आयौ । अलि लामो बाटो हिड्नु पर्दथ्यो गाउँमा मटरबाटो पुगेपनि गाडिहरुको सुविधा थिएनन् । बिहानै हामी २ जना मात्र बाटो लाग्यौ पहिलो पटक साडीमा सजिएर हिड्दा अप्ठेरो लागिरहेको थियो । करिब आधा घण्टा सम्म हामीहरु चुपचाप पाईलाहरु अगाडी बढायौ । हामी एक अर्कामा कुराकानी पनि गर्न लाज मान्यौ । तर लामो बाटो यात्रा गर्नुपर्ने त्यसरी चुपचाप लागेर हिड्दा स्वभा दिएन मैले साडी लत्रिएर लडेको भान गरे । उहाँले मलाई विस्तारै हिड् हामी जसरी भएपनि आज बेलुका पुगिहाल्दछौ क्यारे किन हतार गरेर हिड्ने भन्नु भयो र साडी लगाउन पनि आउँदैन लत्राएर लगाउनु पर्दछ भन्नु भयो मलाई भित्र भित्र हाँसो नलागेको हैन तर बाहिर हास्न सकिन अनि बिस्तारै उहाँकै तालमा मिठा मिठा गफहरु गदै समयलाई फाल्यौ । मलाई थाहा थिएन घरमा हुनु भएका सम्पर्ूण्ा परिवारको बारेमा मैले एका एक गरेर सबैको बारेमा सोधे उहाले आफुलाई थाहा भएको सबै कुराहरु भन्नु भयो । मैले उहाँले भनेका ति कुराहरुलाई अति चाखका साथ सुनिरहेको थिए । गाउँघरको बारेमा पनि सबै सोधे एका एक गरेर उहाँले बताउदै जानु भयो । हामी आउने बाटोमा सानो चिया पसल थियो हामी चिया नास्ता खाएर जाने बिचार आयो र दुवै जना त्यहि बसेर चिया नास्ता खाई बाटो लागियो । बेलुका साँझ पख हामीहरु माईत पुग्यौ त्यस बेलुका बुवा आमासँग राती २ बजेसम्म कुराकानीहरु गर्दै बितायौ । भोलिपल्ट बिहानै फेरी हामी घर तर्फलाग्यौ । किन किन मलाई अब त सबै भन्दा प्यारो मेरो श्रीमान लाग्न थाल्यो सधै हामी यसरीनै एक आपसमा मिठा मिठा कुराकानीहरु गर्दै हिड्न पाए हुनेथियो जस्तो लाग्न थाल्यो । उहाँले हेर मेरो त केहि ठेगान छैन भनेको बेलामा छुट्ट िपनि पाईदैन अहिले बल्ल बल्ल छुट्ट िमिलाएर आएको हु । २ हप्ताको विदा थियो अब जम्मा ५ दिन बाँकि छ त्यस पछि त हामी बाध्यताले छुटिनु पर्दछ । मेरो त गहभरी आँसुपो आएछ उहाँको कुरा सुन्दा । लाटी किन अमिलो भएकी म महिनाको १ पटक त जसरी भएपनि आईहाल्दछु नि चिन्ता नगर यदि मिल्यो भने अर्को महिना तिर केहि दिनको लागि तिमीलाई पल्टनमा लिएर जानेछु भन्नु भयो । चुहिनै लागेको आँसु फेरी भित्रै सुके ।

४ दिन कसरी बित्यो मलाई थाहा नै भएन आज बिहानै उठेर उहाँले मायाँ म त आज जानु पर्दछ छिटो खाना पकाउ है भन्नु भयो खाना पकाउने समयसम्म त म खुशी नै थिए जब उहाँले खाना खाएर जानको लागि ठिक्क पर्नु भयो अनि त मेरो गह भरी आँसु आउन थाल्यो खप्न नसकेर म भित्र कोठामा गएर मुख छोपेर रुन थालेछु । सबैले सम्झाउन थाले अझ धेरै टाढा जाने भएको भए के गर्ने थियौ सासु आमाले भन्नु भयो मेरो पनि छोरा हो मलाई पनि मन त कहाँ छ र पठाउन तर यहाँ बसेर पनि के गर्ने कुनै उपाय छैन । भित्र आएर मर्लाइ सम्झाउदै पछिल्लो पटक मलाई चुम्वन गरेर उहाँ आफ्नो बाटो लाग्नु भयो मेरो आँखाले देखिन्जेल उहाँलाई टोलाईरहे । छोरीको जुनी यस्तै रहेछ बल्ल बल्ल बाबु आमाको काखबाट उम्केर कुनै पर्राईको काखमा आएको थिए बिस्तारै मेरो मनलाई थमाउने कोशिज गर्दै थिए तर मन भित्रका बेदनाहरु एक आपसमा साटासाट गर्न नपाउँदै बिछोडिनु पर्ने ।

घरमा पहिला पहिला त सबैले अति मायाँ गर्दथे । सायद म नयाँ नयाँ भएर होला कसैको पनि गाली र टोकाई खानु परेको थिएन । त्यस्तै हो आईमाईको काम घरको सानो काम देखि ठुलो ठुलो काम पनि गर्नु पर्ने । जतिसुकै यस आराम भएतापनि आईमाई कहिल्यै पनि कामले फर्ुसदिलो नहुने । बेलुका सुत्दा खाली उहाँलाई मात्र देख्दथे । बिवाहमा खिचेका फोटाहरु हर्ेर्दै मनलाई सम्हाल्दै रातको १ बजे अति कर गरेर निदाउन खोज्दथे तर निन्द्रा लाग्दैनथ्यो । मैले सुनेको थिए सुत्ने बेलामा निन्द्रा आएन भने एक सयबाट उल्टो गन्दै १ सम्म ल्याएपछि निन्द्रा आउछ भनेर करिब ५ पटक उल्टो गने तर निन्द्र आउदैनथ्यो ।

म भर्खरै पानी लिएर आउँदै थिए कहिल्यै पनि मेरो कोठाको ढोका खुल्ला हुँदैनथ्यो आज खुल्ला देखे को आएछ म छक्क परे पछि त श्रीमान पो आउनु भएको रहेछ । म अति खुशी भए उहाँ २ दिनको लागि मात्र आउनु भएको रहेछ । यस पाली त मलाई लिएर जाने गरेर आउनु भएको रहेछ । बुवा आमासँग कुरा राख्नु भयो म एक महिनाको लागि मायाँलाई लिएर जान्छु मैले सबै ब्यवस्था मिलाएर आएको छु भन्नु भयो । बुवा आमाले टेढे मुख लगाउँदै लैजान्नस् भन्नु भयो । २ दिन घरमा बसेर हामी दुवैजना अर्को गन्तब्य तिर लाग्यौ । करिव १० घण्टा गाडीमा यात्रा गर्नु पर्दथ्यो उहाँले तिमीलाई उल्टी आउछ कि आउँदैन भन्नु भयो मलाई त आउँदैन झन गाडीमा चढ्दा मज्जा आउँछ हास्दै जवाफ दिए । बिहानको ८ बजे हामी काठमाण्डौ जाने गाडिमा चढ्यौ दुवै जना दोस्रो सिटमा वस्यौ उहाँले तिमी Emयाल तिर बस बाहिर सबै कुराहरु देख्न पाईन्छ भन्नु भयो । बाहिरतिरका अति मनमोहक दृश्यहरुलाई आँखा लगाउदै मुग्लिङ्ग कति बेला पुगेछौ पत्तै पाईएन अलि अलि भोक लागेको थियो मायाँ केहि खाने भन्नु भयो भोक त लागेको छ तपाईले जे खानु हुन्छ म पनि त्यहि खान्छु । यहाँ खाना त्यति राम्रो हुँदैन आज चाउमिन खाउ मलाई पनि चाउमिन अति मन पर्दथ्यो दुवै जनाले चाउमिन खायौ र केहि समयपछि बसले गति लियो । हामी दर्ुइ लाल जोडी देखेर सबैले आँखा लगाउँदथे । बाटोमा धेरै चेक हुने हुनाले गाडी रोकिदै गुड्दै गर्दथ्यो तर हामीहरु त्यति ओर्लिनु परेन उहाँले परिचय पत्र देखाईदिनु हुन्थ्यो । मलेखु देखि म त उहाँको काखमा लटपटिन पुगेछु मस्त निन्द्रामा परेछु मलाई थाहा भएन एक्कासी उहाँले मायाँ हेर त थानकोटको उकालो भनेको यहि हो भनेर झस्काउदा पो बल्ल थाहा पाएछु । थानकोटको उकालो चढ्नु भन्दा पहिला सबै यात्रुहरुले नौबिसेमा चिया नास्ता गरे हामीले पनि चिया खायौ । यसरी अति रमाईलोका साथ ८ घण्टा अति सजिलै पार गर्‍यौ उहाँले नयाँ बानेश्वरमा कोठा लिनु भएको रहेछ १ महिनाको लागि मात्र हामी नयाँ कोठामा पुग्यौ सामानहरु सबै जोडजाड गर्नु भएको रहेछ । मलाई खाना खान त्यति मन थिएन उहाँले म पकाउँछु आज तिमी आरम गर भन्नु भयो । यसरी हामी छोटो समयकोलागि भएपनि दर्ुइ आत्मा एकै भएर रहन पायौ ।

उहाँ बिहानै उठेर डिउटी जानु हुन्थ्यो म बिहानको खाना खाएर यता उता घुम्न निस्कन्थे एक्लै कता जाने मलाई त अति बोर पनि लाग्यो शनिवार एक दिन उहाँको विदा हुन्थ्यो हामी काठमाण्डौको विभिन्न ठाउँमा घुम्न जान्थ्यौ फिलिम हर्ेन जान्थ्यौ यसरी हामीहरु अति रमाईलोका साथ दिनहरु विताएका थियौ । घरबाट १ महिनाको लागिमात्र भनेर निस्केका थियौ आज डेढ महिना भयो अब त घरमा जानु पर्दछ । घरबाट आमाले फोन पनि गर्नु भएछ अब त कामको टिपाटिप हुन लाग्यो बुहारीलाई ल्याईदे भन्नु भएछ । हामी भोलिपल्टै घर तर्फलाग्यौ घरबाट आउँदाको जस्तो जाँदा त्यति मज्जा भएन । मन भित्र फेरी त्यहि पहिलाका कुराहरु सम्झदै गाडीको रKmतारमा हाम्रो यात्रालाई पनि अघि बढायौ ।

एक दिनको मात्र बिदा लिएर जानु भएको थियो । भोलिपल्टै र्फकनु भयो मैले अनुभव गरे घरमा मलाई पहिलाको भन्दा अर्कै दृष्टिकोणले हर्ेन थाल्नु भएको रहेछ । मेरो तल्लो पेट दुख्न थालेको थियो वाक वाक पनि आउँदथ्यो एक पटक स्वास्थ्य चौकिमा गएर जँचाए म त गर्भवतीपो भएछु मेरो त खुशीको सिमा रहेन हत्त न पत्त उहाँलाई फोन गरेर बताए उहाँ पनि अति खुशी हुनु भयो मायाँ ज्यानले नसकेको काम नगर्नु है । भन्नु भयो घरमा आएर पनि सवैलाई मेरो यस्तो भएछ भनेर भने आमाले यस्तो बेलामा हामीले कस्तो काम गरियो आजकल धाचा पार्दछन् भनेर सुनाउनु भयो मलाई कता कता खल्लो लाग्यो खुशी हुनु पर्ने समयमा यि कुराहरु भन्दा ।

देशको स्थिति दिनका दिन ब्रि्रदै गएको थियो सधै रेडियोमा समचार सुन्दथे आज यहाँ भिडन्तमा यति मारे उती मारे भनेर मन त्यसै झसँग हुन्थ्यो भित्र भित्र चिसो पस्दथ्यो । एक मनले सोच्दथे स्वामीज्यूलाई झिकाएर विदेश तिर जानु भन्न पर्छ कि भन्ने अर्को मनले फेरी विदेशमा गएर नाना थरीका दुःखहरु भएमा के गर्ने फेरी २ बर्षसम्म भेट हुँदैन मन भरी कल्पना गर्दै रात कटाउँदथे ।

घर नजिकै फोनको सुविधा थियो बिहानै मलाई त्रि्रो फोन आएको छ सायद काठमाण्डौबाट हो म हसाङ्ग फसाङ्ग गर्दै फोन भएको तर्फदौडिएर गए । कतिबेला फोनको रिङ्ग बज्ला भनेर फोनलाईलाई हेरी बसे केहि समयको प्रतिक्षापछि फोनको रिङ्ग बज्यो फोन उठाए हजुर भनेर भने मायाँ मेरो त आज सरुवा छ । म सुदुर पश्चिममा जाँदैछु मेरो चिन्ता नगर अब भेट पनि हुदैनहोला केहि समयसम्म फोनको पनि त्यति सुविधा छैन अरे म उहाँको कुरा सुनिरहे कुनै बोली फर्काउन सकिन चुपचाप कुरा सुने । हैन हजुर आउनुहोस् घरमा जे जस्तो गरेर भएपनि हामी दर्ुइ ज्यानलाई पालौला नभए विदेश तिर जानुहोला । हैत्तरीका मायाँ त्यस्तो कुरा पनि गर्ने हो सिपाहीको श्रीमती भएर मन हलुङ्गो बनाएर बस म अवश्य छिट्टै आउने छु । मलाई ज्यादै नरमाईलो लागिरहेको थियो । मेरो कोखमा २ महिनाको नवजात शिशु बावुको पर्खाईमा चलिरहेको मेरो भित्री आत्माले थाहा पाईराखेको थियो ।

आज बिहान सात बजेको रेडियोको समचार कताबाट मेरो कानमा पर्न आयो । शुदुरश्चिमाञ्चल क्षेत्रमा बिषण आक्रमण भयो के कति क्षति भयो बृस्तृत बिवरण आउन बाकि रहेको अपुष्ट समचार सुन्न पुगे कता कता मलाई डर लागिरहेको थियो । तर पनि मनमा कनै शंकोच नलिई बसे । मैले रेडियोको समचार सुन्ननै छोडे तर एक्कासी बेलुका सिपाही राज पौडेल भनेर मेरो कानमा नाम पर्‍यो पहिलो पटक त मैले पत्याउन सकिन फेरी पछि दोहोराएर समचार सुन्दा त म त्यहि ठिङ्ग उभिएको उभिएै भएछु । मेरो होस केहि पनि रहेन एकै पटक भोलिपल्ट सबै हाम्रो घरको आँगनमा आएर सबैलाई सम्झाउँदा बल्ल अलि अलि थाहा पाए । बिवाह गरेको १ वर्षपुरा हुन पाएको थिएन राम्रोसँग मायाँ प्रितिपनि गास्न पाएका थिएनौ । आफ्नो प्यारो जन्म घर बुवा आमा सबैलाई छोडेर मैले र्सवस्व सुम्पेको थिए उहाँलाई अब मलाई यस धर्तिमा निर्जिव शरिर बाहेक अन्य कुनै नछोडी जानु भएपछि म कसरी यो घरलाई आफ्नो भनेर बसु । मन मनै यिनै कुराहरु खेलिरहे । करिब दिनको १२ बजे शैनिक गाडिमा उहाँको लास लिएर घरको आगनमा छोडे म डाँको छोडेर रुदै उहाँको पार्थिव शरिरमा ओर्डाईएको सेतो कपडालाई हत्त न पत्त उठाएर हेरे मलाई लागेन उहाँ यस धर्तिलाई छोडेर जानु भयो भनेर तर विश्वास गर्न सकिन । लुगा तल सम्म सारेको त उहाँको ढाडमा रगतका टाटाहरु देखे कति छटपटाउनु भएको थियो होला । आज पनि त्यो विछोड हुँदाको दिनको एक एक शब्दहरु मेरो कानमा गुञ्जिरहेका छन् । मायाँ तिमीलाई मैले जति मायाँ कसैले पनि गर्दैन र म त्रि्रै मायाँले जहाँ गएपनि सुरक्षित हुनेछु भनेर सान्तवना दिएको ।

मेरो कोखमा उहाँको नासो हर्ुर्किरहेको थियो । मैले जसरी भएपनि यस बच्चालाई जन्म दिएर उहाँको नामलाई अमर बनाउनु थियो । जस्तो सुकै बाधा अड्चन आई परेता पनि म लड्नु पर्ने भयो । आज मलाई मेरो भविश्य र बर्तमानको जिन्दगी देखेर ज्यादै नराम्रो लागेको छ । म मेरो उमेर नढल्किदै एक्लो हुन पुगे । शुनसान कोठामा राती १२ बजे पछि मात्र निन्द्रा लाग्दथ्यो सपनीमा त्यो हसिलो अनुवार र्झलक्क देखेपनि एकोहोरो बोलीमात्र बोल्न बाध्य भईन्थ्यो बिहान उजेलो हुँदासाथ फेरी त्यहि समय । बिवाह गरेको १ बर्षनबित्दै उहाँ मेरो जिन्दगी देखि धेरै टाढा जानु भयो । रुढिवादी परम्परा अनुसार म औशि तिथीमा जन्मेको रहेछु । समाजमा म विस्तारै पोई टोकुवाको नामले परिचित हुन पुगे । घरमा पनि सबैको हेलित भएर बस्न बाध्य भए । जाउँ त उहाँको सन्तानलाई जसरी भएपनि जन्माउनु थियो नजाउँ त सधै किचलो मात्र । अब त सासु ससुराले पनि जतिबेला पनि लोग्ने टोकुवा मात्र भन्नु हुन्थ्यो । सानो काम विगारेपनि सबैको टोकसो मात्र खानु पर्ने । जव उहाँले यस धर्तिलाई छोडेर जानु भयो त्यसपछि मैले कसैको मुखबाट पनि राम्रो बचन सुन्न पाईन । हिजो मात्र रातो साडी, चुरा पोतेमा सजिसज्जाउ भएर गाउँ घर सहर बजार डुलेको आज सेतो लुगामा रित्तो हात र रित्तो सिउदो लिएर हिड्दा मेरो मन अति खड्किन्थ्यो । मेरा सँगिनिहरुले फेरी फेरी चुरा पोते, साडी लगाउँदा मेरो मन त्यसै कुडिएर आउँदथ्यो । हजुरले किन मलाई यो कलिलो उमेरमै यस्तो बन्धनमा बाधेर जानु भयो । के म अब पहिलाको जस्तै नारी बन्न सक्दिन म भित्र भित्रै आफैले आफैलाई प्रश्न गर्दथे ।

मेरो गर्भमा आठौ महिना पुरा भएर नवौ महिना लागिरहेको थियो । आज हो या भोली केहि ठेगाना थिएन । मलाई अति डर लाग्दथ्यो बच्चा जन्माउने भन्दा एक मन त सोच्दथे म पनि उहाँ भएकै स्थानमा जाउँ कि भन्ने तर सक्दिनथे । आज मलाई अरु दिनको भन्दा अलि अप्ठ्यारो महसुस भएको छ । मलाई त ब्यथाले पो च्यापेछ । अरु दिन जस्तो सुकै ब्यवहार गरेतापनि त्यस दिन सासु आमाले अति सहयोग गर्नु भयो । बल्ल बल्ल अति कण्टका साथ मेरो कोखबाट उहाँ जस्तै उज्यालो मुहार भएको छोरा जन्मियो । जतिसुकै पिडाले भरिएता पनि भित्री मन ज्यादै हर्षोल्लाहत भएको थियो । अब त म जस्तो सुकै परिस्थितिसँग पनि लड्ने छु । आत्मै देखि हिम्मत लिए । आज उहाँ हुनु भएको भए कति खुशी हुन्थ्यौ होला तपाई जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ सुखि हुनुहोस् हजुरसँग धेरै लामोसँग साथमा हुन नपाए पनि हजुरको चिनोसँग सधै हासी खुशी हुनेछ र मैले तपाईको नासोलाई राज नामले पुकार्ने छु ।

समय बित्दै गयो घरमा मैले अति नराम्रो ब्यवहार पाए । कहिले सासुबाट त कहिले जेठानीबाट कुर्टाई पनि खान्थे । कसैले पनि मलाई छुट्टाउदैनथे । घरमा गाई बस्तु बिरामी भएमा मलाई बोक्सी सम्म पनि भन्न पछि परेनन् । सबैले विधुवी भनेर हकार्थे, पोई टोकुवा , औसे भन्थे यि सवै कुराहरुलाई पैतालामुनी हालेर बस्न बाध्य थिए म । भित्र भित्र यो रुढीबादी समाजलाई धिकार्दथे । कहिले काहि बाहिर गाउँघरमा जाँदा पनि घरका अन्य सदस्यहरुले नाठो खेलाउन गई भन्दथे । जहिले पनि घरबाट निस्केर जा भन्दथे मेरो जाने ठाउँ कहि पनि थिएन माईत जाँदा बुवा आमाले आफ्नो घर नछोड उहि जा भनेर धकेल्नु हुथ्यो आज म यो नावालकलाई लिएर कहाँ जाउ । सायद घरमा उहाँले पाउनु पर्ने सहयोग राशि मैले लिन्छु भनेर होला मलाई निकाल्न खोजेको मैले धेरै पटक भनिसके मलाई यस्तो ब्यवहार नगर्नुहोस् मलाई हजुरहरुको संरक्षण र छहारी भए पुग्दछ मलाई अरु केहि चाहिदैन मेरो ज्यानले भ्याएसम्मको काम गर्ने छु । मेरो यो नावालकलाई हजुरहरुको पोल्टामा राखी केहि शिक्षा दिक्षा दिन चाहन्छु । तर पनि घर परिवारमा कसैको सकारात्मक जवाफ पाईन । सासु आमाले अरुले बिगारेको काम पनि मलाईनै लगाउनु हुन्थ्यो । बिरालोले दुध खाएमा मलाइ चोरेर बच्चालाई दुध ख्वाई भनेर नाना थरीका गालिहरु खानु पर्दथ्यो । मन भरी ति तिखा बाणहरुलाई सहेर बस्न बाध्य भए । आज मलाई हाम्रो समाज देखेर ज्यादै घिणा लागेको छ । अज म तल माथी भएको भए घरमा ६ महिना नबित्दै नयाँ दुलही भित्रन्थे होला तर आज मेरो लोग्ने बितेको कैयौ बसन्त पार गर्दा पनि कसैको राय सल्लाह पाउन सकेको छैन । सबैले कोरे आँखाले बाहेक सिधा आँखाले कहिल्यै हर्ेर्दैनन् । मेला पात जान्थे बाबुलाई बोकेर सधै मेरा मात्र कुरा काट्दथे सबैले कहिले काहि त अति रिस उठ्दथ्यो सबैसँग झगडा गर्दथे । कहिले काहि गाउँमा पुग्दा कोहि टाढाको र्साईत गर्न लाग्दा पुग्दथे त्यतिबेला मेरो कानमा यि शब्दहरु बजारिन्थे अलिच्छिनी पोई टोकुवा टुप्लुक्क आइपुगी आजको र्साईत ब्रि्रने भयो । किन आज मैले यति ठुलो सजाय भोगिरहनु परेको छ । एकान्तमा गएर रुन्छु तर पनि आसु सकिदैन । छोरालाई सम्झन्छु फेरी फरक्क फर्केर घरमा आउछु । अनि एनामा मेरो अनुहार र शरिरलाई एका एक गरेर केलाउदै हर्ेदछु । म मा धेरै परिवर्तन भएको महसुस गर्दछु । साच्चै अब मैले अर्को बिवाह गर्न पाउदिनहोला है आफैले आफैलाई प्रश्न गर्दछु । मलाई कस्ले पो स्विकार्छ र सबैले पोई टोकुवा मात्र भन्दछन् ।

समय वितेको थाहा नै पाइन कत्तिछिटो मेरो बावुलाई स्कुल राख्ने बेला भएछ । मलाई इच्छा थियो राम्रो स्कुलमा पढाउने तर मसँग त्यस्तो कुनै साधन थिएन न त म आफै डेरामा बसेर पढाउन सक्थे न त मेरो बाबुलाई म बाट छुटाउन त्यसैले घर नजिकैको सरकारी स्कुलमा हालिदिए । बाबु सानै देखि तृष्ण बुद्धिको थियो पर्ढाईमा छिट्टै प्रगति गर्ला जस्तो लागेको थियो । एक दिन स्कुलमा साना साना बच्चाहरुले त्रि्रो बावुको नाम केहो - कहाँ हुनुहुन्छ भनेर सोधे स्कुल छुट्ट िहुँदासाथ बाबु रुदै घरमा आयो के भयो भनेर सोध्दा आमा मेरो बुवा खै कहिले आउनुहुन्छ मलाई मेरो बुवा भएको ठाउँमा लैजानुहोस् आदि इत्यादि गरी बिलौना गरे । म त अक्कन मक्क भए म कसरी ल्याएर आउ उसको बावुलाई । मेरोर् इच्छा र आकांक्षा थियो उसलाई बाावुको नाम दिलाउने तर समाजले मलाई परिवन्धनमा पारेको थियो । चाहाना र इच्छालाई दवाएर बस्न बाध्य थिए ।

आज म घरको मात्र नभएर समाजको पनि एक हेलित चरित्रहिनता, विधुवी, पोई टोकुवा, भई बाच्चु परेको छ । आज मेरो साथमा उहाँ हुनुहुन्थ्यो भने पक्कै मैले सबैको मान सम्मान पाउँदथे । जस्तोसुकै लाटो, लठेप्रो, बुढो किन नहास् आफ्नो साथमा श्रीमान छ भने कसैले पनि हेप्न सक्दैन र कसैको पनि चुच्छ बोली सुन्नु पर्दैनथ्यो । आज म यो समाजलाई के भन्न चाहन्छु भने हामी नारीहरुले पनि श्रीमान गुमाएपछि पहिलाको सरहनै समाजमा बस्न पाईयोस् श्रीमती मरेपछि तत्काल दोश्रो बिवाह गर्न हुन्छ भने श्रीमानको मृत्यु भएपछि हामीहरुले पनि दोश्रो बिवाह सजिलै गर्न पाईयोस् । समाजमा विधुवा भएर बस्न नपरोस् । मैले जस्तो ब्यवहार हाम्रो समाजमा अरु कुनै नारीले भोग्न नपरोस् । आज म मेरो राजको बावुको प्रतिक्षामा छु । यदि मलाई समाजले यो परिवन्धबाट फुकाएर स्वतन्त्रता दिलाईदिन्छ भने अवश्य म यस नावालकको बावुको खोजी आफै गर्ने छु ।

Get free blog up and running in minutes with Blogsome | Theme designs available here

Counters
Counters