प्रहरी र राष्ट्रिय गीत
प्रहरी र राष्ट्रिय गीत म्याडिसन स्क्वायरको एउटा सीटमा बसिरहेको सोपी अलि अस्थिर देखिए । वातावरणमा हिउ“दको आगमनका प्रशस्त संकेत देखिन्थ्यो । जाडोमा न्यानो कोट पाउने आशामा महिला पनि पतिलाई रिझाउन व्यस्त हुने गर्छन् । पार्कको सीटमा मनमा कुरा खेलाउ“दै सोपी अधीर हुन थाल्यो । एउटा सुकेको पात सोपीको खुटामा झर्यो । त्यो हिउ“दको आगमनको सूचना थियो । म्याडिसन स्क्वायरका बासिन्दालाई जाडोबाट जोगिन थुप्रै तयारी गर्नु थियो । दा“त कट्कटाउने जाडो सम्झेर सोपीको जीउ नै सिरिङ्ग भयो । जाडो छल्न उसले जसरी भए पनि एउटा जुक्ति निकाल्नु थियो । लामो र खर्चिलो यात्रामा निस्कने कुनै योजना थिएन । न्यानो दक्षिणी भूभाग
वा नेपल्सको खाडीमा पुग्ने पनि उसको हैसियत थिएन । जाडोका तीन महिना ब्ल्याकवेल टापुको झयालखानामा बिताउने उसले सजिलो योजना बन्यो । त्यो ठाउ“मा दर्ुइ छाक, न्यानो ओच्छ्यानसहित सामाजिक सुरक्षा ढुक्कै पाउन सकिन्थ्यो । प्रहरीको झमेला पनि नहुने । सोपीको जीवनमा ठूलो महत्त्वाकांक्षा पनि थिएन । भरपेट खान र न्यानोस“ग सुत्न पाउनु नै एक मात्र चाहना थियो । वर्षौंदेखि उसले ब्ल्याकवेलको जेलमा गएर जाडो छल्दै आएको थियो । न्यूयोर्कका धनीहरू जाडो छल्न हरेक वर्षसो फ्लोरिडादेखि भूमध्यसागरका तटसम्म पुग्छन् । सोपीको भने जेलसम्म पुग्ने सानो योजना थियो । राति पार्कमा तीन-तीन वटा मोटो अखबारले जीउ छोप्दा पनि जीउ तताउन सकेन । हरसमय उसको दिमागमा टापुको जेल घुमिर˜यो ।
वास्तवमा म्याडिसन स्क्वायरमै पनि घरदैलो चहार्दै उसले मागेर खान सक्थ्यो । एक रात बिताउन न्यानो ओच्छ्यान माग्न सक्थ्यो । तर उसका लागि योभन्दा बेस त्यही टापु थियो । ऊ आत्मस्वाभिमानी छ । यसरी माग्दै जीवन गुजार्दा थुप्रै सम्झौता गर्नुपर्ने र हुने-नहुने सबै कुरा सहनुपर्ने बाध्यता उसलाई राम्ररी थाहा छ । तिनीहरूले सुत्न दिंदा पैसा त पक्कै माग्दैनन् । तर तिनीहरूले उसलाई र्सवांग स्नान गर्न भने बाध्य पार्नेछन् । तिनीहरूले व्यक्तिगत जीवनबारे कोट्याएर सोधखोज गर्नेछन् । अह“ उ योभन्दा त बरु जेल नै जाती । जेलमा पनि केही नियम-कानुन मान्नर्ुपर्छ । तर आफ्नो मौलिकता र अस्तित्त्वमा कुनै कमी आउने छैन ।
सोपीले टापुको जेल पुग्ने उपायबारे सोच्न थाल्यो । सबैभन्दा राम्रो उपाय भनेको कुनै दामी रेष्टुरा“मा गएर टन्न खानपिन गरेपछि पैसा छैन भनी उम्कनु खोज्ने हो । त्यसपछि त रेष्टुरा“ मालिकले बोलाएको प्रहरीले सरासर जेल पुर्याइहाल्छ ।
सोपी सीटबाट जुरुक्क उठेर ब्रोडवे र फिफ्थ एभेन्यु जोड्ने मार्गतर्फबढ््योे । उत्तरपट्ट िलम्क“दै ऊ झिलीमिली बत्ती बालिएको एउटा भव्य रेष्टुरा“छेउ रोकियो । रेष्टुरा“मा हरेकसा“झ शानदार खाना खान ठूलाबडा निकै ठा“टिएर पुग्थे ।
सोपीले आफ्नो शरीरमा यसो नियाल्यो । खुट्टाभन्दा माथिको उसको लम्बाइ ठीकठाकै देखिन्थ्यो । उसका अनुहार र कोट सफा नै थिए । रेष्टुरा“को टेबुलसम्म पुगेर बस्न सकिएको खण्डमा योजना सफल हुन सक्थ्यो । टेबुलमाथिको उसको रुप कुनै धनीमानीको भन्दा कम थिएन । वेटरले मागेको ल्याइदिने कुरामा शंकै थिएन ।
रेष्टुरा“तर्फपाइला बढाउ“दै उसले के-के खानुपर्ला भनी सोच्न थाल्यो । दिमागमा एकपछि अर्को सबै खाना नाच्न थाले । उसले धेरै मह“गो खाएर रेष्टुरा“ साहूलाई आपतै नपार्ने निधो गर्यो । उसलाई त जसरी पनि जेल जाने निहु“ चाहिएको थियो । तर दर्ुभाग्य, रेष्टुरा“भित्र पाइला टेकेकै बेला त्यहा“को हेडवेटरले उसको फाटेको जुत्ता र च्यातिएको प्यान्ट देखिहाल्यो । बलियो पञ्जाले च्याप्प समातेर उसले सोपीलाई बाहिर धपायो । दिक्क भएर ब्रोडवेतर्फपाइला बढाउ“दै उसले नया“ उपाय सोच्न थाल्यो ।
सिक्स्थ एभेन्युको कुनाको एउटा पसलको फराकिलो सीसाको शोकेसमा झिलीमिली बत्ती बलिरहेको थियो । उसले एउटा ढुंगो टिपेर सीसा झर्यामझुरुम हुने गरी हिर्कायो । मान्छेहरू आवाज आएतर्फदौडे । भीडको नेतृत्त्व एक प्रहरीले गरिरहेको थियो । सोपी नभागीकन उभिर˜यो र प्रहरीलाई देखेर मुसुक्क हा“स्यो ।
प्रहरी ः खै, त्यो ढुंगो हान्ने फटाहा कहा“ भाग्यो -
सोपी ः के ढुंगो हान्ने मान्छे म हुन सक्दिन“ -
आफ्नो योजना सफल हुने ठानेर उसको मुहार उज्यालो देखियो । तर प्रहरीले उसको कुरोलाई वास्तै नगरी भन्यो- ँढुंगो हान्ने मान्छे त सुइ“कुच्चा ठोकिहाल्छन् नि उ’ सडकमा दौड“दै गरेको एक मान्छे देखेपछि प्रहरी ऊ उसकै पछि दौडियो ।
दोस्रो प्रयास पनि त्यसै तुहिएको देखेर सोपी हतास भएर त्यहा“बाट गह्रु“गो पाइला चाल्यो । उसले सडकको पल्लोपट्ट िएउटा रेष्टुरा“ देख्यो । त्यो ब्रोडवेको जस्तो गतिलो थिएन । निम्न र मध्यमस्तरका ग्राहकहरू मात्र त्यहा“ जान्थे । खाना पनि स्तरीय थिएन । यसैले फाटेको जुत्ता र झुत्रो लुगा लगाएको सोपीलाई कसैले रोकतोक गरेन । उसले त्यहा“ टन्न खाना खाएपछि आफूस“ग पैसा छैन भनी निहु“ खोज्न थाल्यो ।
सोपी ः जानुस्, जानुस्, छिटो प्रहरी बोलाउनुस् ।
एक वेटरले ज“गिंदै भन्यो- ँत“ जस्तोलाई प्रहरी हैन उ बरु यसो गरिन्छ ।’ अर्को वेटरको सहयोगमा सोपीलाई कान समाउ“दै बोकेर पर सडकमा फालियो । ऊ भुइ“बाट विस्तारै उठ्यो, शरीरमा लागेको धूलो टक्टकायो । सोपीलाई टापुको झयालखाना झन्झनै टाढा लाग्न थाल्यो । नजिकै उभिरहेको एक प्रहरी उसलाई हेरेर फिस्स हा“स्दै अघि बढयो । हिंड्दै जा“दा सोपी लस्करै चलचित्र भवन भएको ठाउ“मा पुग्यो । बाटामा झिलीमिली बत्ती बलिरहेका थिए । चहलपहल पनि आकर्ष थियो । न्याना र मह“गा लुगा लगाएका प्रफुल्ल धनी युवायुवतीहरू ओहोरदोहोर गरिरहेका थिए । अहिलेसम्म जस्तोसुकै नाटक गर्दा पनि प्रहरीको फन्दामा नपरेकोमा ऊ निकै चिन्तित थियो । एउटा भव्य थिएटरअगाडि उभिरहेको प्रहरी देखेपछि उसको दिमागमा एउटा जुक्ति फुर्यो ।
ज“ड्याहाको अभिनय गर्दै ऊ लडीबुडी गरी चिच्याउन थाल्यो । यो देखेर हा“स्दै त्यो प्रहरीले नजिकै उभिरहेका एक व्यक्तिलाई भन्यो- ँअचेलका कलेजका ठिटाहरू यस्तै हुन् । यिनीहरूले खासै केही नाप्दैनन् । यिनीहरूलाई चिच्याउन दिने माथिबाटै आदेश छ ।’
प्रहरीको कुरो सुनेर सोपी अवाक् भयो । उसलाई जेल र्स्वर्गभन्दा टाढा भएको महसुस भयो । चिसो हावा चल्न थालेकाले उसले आफ्नो पातलो कोट राम्ररी मिलाउन थाल्यो । पल्लो पेटीमा एक जना अपरिचित व्यक्ति अखबार किन्न खोज्दै थियो । उसले छेउमा आफ्नो छाता राखेको रहेछ । सोपी सरासर गएर उसको छाता टिपी आफ्नो बाटो लाग्यो । त्यो मान्छेले हतारिंदै सोपीलाई पछ्यायो ।
ँए उ भाइ त्यो मेरो छाता ।’
ँए हो र उ जानुस् प्रहरीलाई बोलाउनुस् ।’
ँमैले तपाईंको छाता चोरें । अब ऊ त्यहा“ उभिरहेको प्रहरीलाई बोलाउनुस् ।’
त्यो व्यक्ति विस्तारै अघि बढयो । सोपी उसको पछि लाग्यो । तर यसपालि पनि काम ब्रि्रलाजस्तो उसलाई लागिसकेको थियो ।
प्रहरीले दुवैलाई क्वार्क्वार्ती हेर्यो ।
अक्मकाउ“दै छातावालाले भन्यो- ँहर्ेर्नुस् अ“… कहिलेकाहीं यस्तो हुन्छ । मलाई माफ गर्नुस् । त्यो छाता तपाईंको होला भन्ने थाहा थिएन । आज बिहान त्यो छाता एउटा रेष्टुरा“मा भेट्टाएको थिए“ । तपाईं त्यसलाई आफ्नो भन्नुहुन्छ भने पक्कै तपाईंकै होला ।’
सोपी -रिसले ज“गिंदै)- ँहो… यो मेरै हो ।’
छातावाला हतारिएर आफ्नो बाटो लाग्यो । बाटोमा एक प्रहरीले एक बुढीलाई समाएर बाटो काट्न मद्दत पुर्याइरहेको थियो ।
रिसले सोपीले छातालाई पर हुत्यायो । ऊ आफैंस“ग फत्फताउन थाल्यो- ँप्रहरीहरू कस्ता हुन्छन् भन्ने सोचेथें, कस्ता पो निस्के । म त कुनै गल्ती नगर्ने राजाजस्तो पो भए“ ।’
एकसुरमा हिंड्दै सोपी शहरको सुनसान सडकमा आइपुग्यो । ऊ बाटो काटेर दक्षिणतर्फो मेडिसिन स्क्वायरतर्फलाग्यो । ऊ घर फर्किंदै थियो । वास्तवमा उसको घर भनेको पार्कको त्यही खाली सीट थियो । ऊ सडकको सुनसान मोडमा टक्क अडियो । त्यहा“ एउटा पुरानो गिर्जाघर बूढो मान्छेजस्तै उभिरहेको थियो । गिर्जाघरको झयालबाट रंगीन सीसाबाट हल्का प्रकाश फैलिरहेको थियो । त्यहा“बाट गुञ्जिएको मीठो संगीतले उसको ध्यान तान्नियो । शिरमाथि आकाशको चन्द्र पनि उज्यालो र शान्त देखिन्थ्यो । बाटामा आक्कलझुक्कल एक-दर्ुइ जना मान्छेको ओहोरदोहोर भइरहेको थियो । उसले पर पन्छीहरू फट्फटाउ“दै उडेको सुन्यो । गिर्जाघरमा लामो समयदेखि सुन्दै आएको राष्ट्रिय गीतको धुन बजिरहेको थियो ।
ऊ एकैछिन उक्त धुनस“गै आफ्नो विगतमा फक्र्यो । कुनै समय सोपीका पनि आमा, साथीभाइ, जीवनको उमंग र आशा, सफा लुगा र विचार थियो । सोपीको त्यही विगतमा र्फकने धोको थियो । उसलाई आफू सही समयमा गिर्जाघरछेउ आइपुगेको महसुस भयो ।
गीतको धुनले उसको आत्मा धुने र शुद्ध बनाउने काम गरिरहेको थियो । उसलाई आफू जीवनमा साह्रै नराम्ररी पतीत भइसकेको अनि निराशा र लाचारीपनले नराम्ररी गा“जेको पुनः महसुस भयो । यद्यपि उसले मनलाई दह्रो बनाउ“दै पुनः संर्घष्ा गरी आदर्श जीवन जिउने प्रण गर्यो । आफूलाई दलदलबाट निकालेर एक सफल मान्छे बनाउने निधो गर्यो ।
ऊ आफूलाई अझै तन्नेरी ठान्थ्यो । जीवनको उद्देश्य भेट्ने समय अझै बा“की थियो । सा“च्चै, अद्भूत त्यो धुनले सोपीलाई तुरुन्तै परिवर्तन गर्यो । उसले माग्ने काम छाडेर भोलिदेखि काम खोज्ने विचार गर्यो । कुनै बेला एक जना मान्छेले ऊस“ग कामका लागि प्रस्ताव राखेको थियो । उसले भोलि त्यो मान्छे खोज्ने विचार गर्यो ।
यत्ति नै बेला सोपीको का“धमा एउटा बलियो हातको पञ्जा महसुस भयो । फर्केर हर्ेदा उसले आफ्नो सामु एक जना प्रहरी उभिरहेको देख्यो ।
प्रहरी ः यहा“ एक्लै के गरिरहेको -
सोपी ः खासै केही हैन । त्यसै ।
प्रहरी ः के त्रि्रो कुरा मैले पत्याउ“ला भनी ठानेको -
यो देखेर सोपीलाई झनक्क रिस उठ्यो र प्रहरीस“ग डटेरै प्रतिवाद गर्ने विचार गर्यो । तर न्यूयोर्कको प्रहरीलाई चलाउनु भनेको मर्ूखता सिवाय केही नभएको भन्ने उसलाई राम्ररी थाहा थियो ।
ँल खुरुक्क हिंड’ -प्रहरीले उसलाई गिररुतार गर्यो ।
भोलिपल्ट बिहान अदालतका न्यायाधीशले सोपीलाई ब्ल्याकवेल टापुको जेलमा तीन महिना थुन्ने सजाय सुनाए ।
-ओ हेनरी